काठमाडौं : लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार श्रेष्ठको निधन भएको हो।
खड्काले सामाजिक सञ्जालमा श्रेष्ठको निधनले क्रिकेट परिवारलाई स्तन्ध बनाएको लेख्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
यसअघि स्वास्थ्यमा जटिल समस्या आएर पाल्पामा उपचार हुन नसकेपछि श्रेष्ठको काठमाडौंको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको थियो।