अब कर्णाली प्रदेश अस्पतालमा अनलाइनबाट नै नाम दर्ता गर्न सकिने

२०८० पुष ५, बिहीबार

सुर्खेत : कर्णाली प्रदेश अस्पतालले अब अनलाइनबाट नै टिकट काट्न सकिने व्यवस्था ल्याएको छ । सेवाग्राहीको चाप बढेपछि अनलाइनबाट नै नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको हो ।

अनलाइन सेवाले सेवाग्राहीमा थप सहजता प्रदान गर्ने अपेक्षा अस्पतालले गरेको छ । सुविधा सम्पन्न अस्पताल बनेसँगै सेवा लिनेहरुको घुँइचो लाग्ने गरेको छ । आजदेखि उक्त सेवा सञ्चालनमा आइसकेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार