चितवनमा कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु

२०८० पुष ७, शनिबार

चितवन : चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।

कालिका नगरपालिका वडा नम्बर १ लंकालाइनमा भरतपुरबाट खोले सिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो । दुर्घटनामा परि  कार चालक काठमाडौँ महानगरपालिका-५ का विष्णु क्षेत्रीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार