काभ्रेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

२०८० पुष ८, आईतवार

काभ्रे : पनौती नगरपलिका-१ स्थित बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय ४५ वर्षीय मंगलबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

आइतबार दिउँसो १२ बजे बुढापोखरीबाट पर्खालचौरतर्फ जाँदै गरेको बा ४१ प २५३२ नं. को स्कुटर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५/२० फिट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले स्कुटर चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार, सोही स्कुटरमा सवार वर्ष ३० का कुमार श्रेष्ठ भने घाइते भएका छन् ।

उनको अवस्था गम्भीर रहेको र उनको टाउकोमा चोट लागेको बताइएको छ । उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार