एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

२०८० पुष ८, आईतवार

काठमाडौं : सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।

हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार