रुपन्देही : प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन्।
स्थानीय ३५ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्। काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिए।
घटनास्थलमा प्रहरी पुगेको छ । मृतकका श्रीमान् र बुबा मजदुरीका लागि भारतमा छन् ।





