बालकलाकार श्रेयष दुई वटा अवार्डबाट सम्मानित

२०८० पुष १६, सोमबार

काठमाडौं : बालकलाकार श्रेयष पौडेल क्षेत्रीलाई एकै महिनामा दुई वटा अवार्डले सम्मान गरिएको छ ।

बालकलाकारका रुपमा उत्कृष्ट अभिनय गरेका उनलाई मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौ ज्योति फिल्मस म्युजिक अवार्डमार्फत सम्मान गरिएको हो । उनले चलचित्र ‘२ नम्बरी’मा पनि अभिनय गरेका थिए । दीपेन्द्र लामाको लेखन तथा निर्देशन भएको यस चलचित्रका मुख्य कलाकारमा दयाहाङ राई र सौगात मल्ल रहेका छन् ।

उनीहरूबीचकाे मित्रतालाई देखाइएको फिल्मीमा दयासँगै उगेन छोदेन र सौगातसँग उपासना सिंह ठकुरीबीचको प्रेम कथालाई रमाइलो शैलीमा देखाइएको छ । चलचित्रमा बालकलाकार श्रेयसको अभिनय निकै राम्रो रहेको छ ।

चलचित्रमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, डीबी गुरुङ, जयनन्द लामा, राजु थापा मगर, सागर शाह ठकुरीलगायत कलाकारहरूकाे समेत अभिनय रहेको छ ।

सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता र मिठु तामाङनी सहनिर्माताका रूपमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार