रसियन सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

२०८० पुष १७, मंगलवार

काठमाडौँ : रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्याङजाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो।

राजकुमार र भरतको ३ डिसेम्बरका दिन मृत्यु भएको खबर २८ डिसेम्बरका दिन प्राप्त भएको परराष्ट्र स्रोतको भनाई छ। हरि अर्याल भने गत नोभेम्बर २९ (मंसिर १३) देखि सम्पर्क विहीन भएकोमा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ।

स्याङ्जाको वालिङ नगरपालिका–१४, मान्खुका हरि यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार