अलैँची बगानमा सिमल तरुल खेती

२०८० पुष २१, शनिबार

ताप्लेजुङ : किसानले अहिले पनि धेरै प्रजातिका उपभोग्य वस्तुको खेती एकैठाउँ गर्ने अर्थात् परम्परागत बहुबाली खेती लगाउने गर्दछन् । खेतमा धान, आलीमा दाल–भटमास, कन्लामा कोदो र फिलुङ्गे साथै मकैबारीमा कोदो, सिमी, बोडी, मस्यामजस्ता परम्परागत बहुबाली खेती गर्ने चलन रहिआएको छ । तर लिङ्खिमका किसानले भने अलैँची बारी (बगान) मा सिमल तरुल खेती गरेका छन् ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिँवाका किसानले अलैँची बगानभित्र सिमल तरुल खेती लगाएका छन् । स्थानीय पदम बुडाथोकीका अनुसार किसानहरूले त्यसैबाट मनग्यै आम्दानी लिइरहेका छन् । नगदेबाली अलैँचीमा लगाएको सिमल तरुलबाट पनि किसानले आम्दानी गर्न गरेको उनले बताए ।

तरुलको पर्वका रुपमा रहेको माघे सङ्क्रान्ति नजिकिएसँगै उपभोक्ताले सिमललगायतका तरुलको जोहो गर्ने गर्दछन् । माघे सङ्क्रान्ति पर्वमा सिमल तरुल बिक्री हुने र आफैँले तरुलको खाजासहितका परिकार बनाएर आम्दानी लिन सकिने किसानको भनाइ छ । किसानका अनुसार अलैँचीलाई सिमल तरुल खेतीले कुनै असर पु¥याउँदैन । अलैँची बगान हुर्केपछि भने तरुल खेती हटाइने उनीहरुको भनाइ रहेको छ ।

यता धेरै परिश्रम र लगानी गर्न नपर्ने भएकाले बहुबाली अर्थात् अलैँची बारीमा सिमल तरुल खेती लगाउने गरिएको सिँवाका एक किसानले बताए । उनकाअनुसार धेरै उत्पादन वा फाइदा लिने उद्देश्यले बहुबाली खेती लगाउने गरिएको हो । यसरी जिल्लाका कतिपय किसानले अलैँची बारीमा सिमल तरुल र नगदेबालीकै रुपमा खेती गर्न थालिएको किवी खेती पनि लगाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार