राष्ट्रिय सभा निर्वाचन : उम्मेदवार तय गर्न बालुवाटारमा सत्तारूढ चार दलको बैठक

२०८० पुष २१, शनिबार

काठमाडौँ :राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार तय गर्नका लागि सत्तारूढ चार दलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्नेबारे छलफल भइरहेको हो।

यसअघि आजै दिउँसो बसेको गठबन्धन बैठकले एमालेसँग सहकार्य नगरी गठबन्धन दलहरूबीच सिट बाँडफाँट गर्ने निर्णय गरेको थियो। आजै ४ दलबीच सहमति जुटाउने र सरकारमा सहभागी अन्य दलसहितको बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार