बुटवल : दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्।
पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्। सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।





