बरहथवा गोलीकाण्डमा आफू दोषी भए कारबाही भोग्न तयार छु : मेयर कटुवाल

२०८० पुष २१, शनिबार

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर साहको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेकी छन् ।

आज साँझ घरमै पत्रकार सम्मेलन गरी मेयर कटुवालले आफू दोषी भए कारबाही भोग्न तयार रहेको बताएकी हुन् । उनले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्नुहुँदैन भनेकै छैन । तर आतङ्ककारी शैलीमा आन्दोलन गरियो । त्यसैले दुःखद घटना घट्न पुग्यो ‌।’ उनले छलफल र संवाद मार्फत समस्या समाधान गर्ने पक्षमा रहेको बताइन् । ‘छलफल गर्नकै लागि बैठक पनि राखेको थिए’, उनले गुनासो गरिन्, आन्दोलन नगर्न म पटक पटक सबैलाई फोन पनि गरेकी छु । मेरो कल डिटेल निकाल्दा हुन्छ । यद्यपि मेरो आग्रहको बेवास्ता गरियो ।’

कुनै पनि काम विधि र प्रक्रिया मार्फत गर्नुपर्नेमा आफूलाई दबाब दिएर गराउन खोजेको पनि मेयर कटुवालले गुनासो गरिन् । उनले आन्दोलन आह्वान गरियो तर सही ढंगले हाँक्न नसकेको टिप्पणी गरिन् । उनले मृतकको परिवारलाई भेटेर संवेदना प्रकट गर्ने चाहना रहे पनि असुरक्षाको कारण त्यहाँसम्म पुग्न नसकेको बताइन् । उनले युवा व्यवसायी साहको मृत्यु भएकोमा आफैप्रति खेद प्रकट गर्दै संयमता अपनाउन नगरवासीसँग अपिल समेत गरेकी छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्नुपर्ने भन्दै शुक्रवार ५ दलले आन्दोलन घोषणा गरेको थियो । आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा साहको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार