सल्यानमा बँदेलको आक्रमणबाट बालक घाइते

२०८० पुष २२, आईतवार

सल्यान : सल्यानमा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । बँदेलको आक्रमणबाट सिद्धकुमाख गाउँपालिका–५ दहगाउँका १४ वर्षीय सन्दीप विक घाइते भएका हुन् ।

घरनजिकै जंगलमा बाख्रा चराउन गएको बेला उनलाई शनिबार बेलुकी बँदेलले आक्रमण गरेको थियो । घाइते बालकको कामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।बालकको बाँया खुट्टा र हातमा गहिरो चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार