कुरा नमिलेपछि बैठक छाडेर हिँडे कोइराला

२०८० पुष २२, आईतवार

काठमाडौं : राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय, सानेपामा जारी बैठकबाट नेता डा. शेखर कोइराला भने बाहिरिएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा पाएको १० मध्ये ४ सिट आफ्नो समूहले पाउनुपर्ने डा. शेखर–गगन थापा समूहको माग छ । तर सभापति शेरबहादुर देउवाले तीन सिट लिन भनेका छन् । देउवाले थप एक सिट दिन तयार नभएपछि डा. शेखर बैठक छाडेर हिंडेका एक सहभागीले बताएका छन् ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार