सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री दाहालको निर्देशन

२०८० पुष २३, सोमबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याग्रस्त सहकारीहरुको समस्या सम्बोधन गर्न व्यवस्थित प्रस्ताव लिएर आउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले सहकारीमा समस्या हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएको भन्दै समस्या समाधानका लागि पहल लिन अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।

सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री दाहालको निर्देशन सोमबार सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सहकारीले घर न घाटको बनेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्ने गरी समाधानको उपाय खोज्न आग्रह गरे ।

‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाटको भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्,’ प्रधानमन्त्री दाहालको भनाइ थियो । छलफलमा अर्थमन्त्री प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निर्णय गरेर जानुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार