इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु

२०८० पुष २७, शुक्रबार

काठमाडौँ : इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए ।

उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरूमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए । उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार