रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनाेनित

२०८० पुष २८, शनिबार

धनगढी : नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे छ ।

टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चाैधरी अध्यक्षमा निर्वाचित भएपछि बसेकाे पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे हाे । श्रेष्ठ रेशम चाैधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे बताउँदै नाउपाका अध्यक्ष चाैधरीले उक्त निर्णयकाे पत्र उनलाई पठाइएको बताए ।

नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार