सापट बिग्रिएर टायर नमोडिएपछि दुर्घटना भयो : चालक नेपाली

२०८० पुष २८, शनिबार

भालुवाङ : राप्ती नदीकाे पुलबाट गए राति खसेकाे बसका चालक लालबहादुर नेपालीले टायर नमोडिएपछि दुर्घटना हुनपुगेकाे बताएका छन् । प्रहरीसँगका साेधपुछका क्रममा चालक नेपालीले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेकाे बयान दिएका हुन् ।

दुर्घटनामा  सामान्य घाइते भएका उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा चक्का नघुमेपछि बस पुलबाट खसेकाे बताएका हुन् । दुर्घटनामा १२ जनाकाे मृत्यु भएकाे छ । मृत्यु भएका आठ जनाकाे मात्रै अहिलेसम्म सनाखत भएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारतकाे उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत रहेका छन् ।

यस्तै बाँकेका  ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामकाे पनि दुर्घटनामा मृत्यु भएकाे छ ।दुर्घटनामा मृत्यु भएका अन्य चार जनाकाे सनाखत हुन बाँकी रहेकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए । घाइतेमध्ये केहीकाे बुटवल र नेपालगञ्ज तथा केहीकाे भालुवाङ अस्पतालमा उपचार भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
1

ताजा समाचार