कामना सेवा विकास बैंकको खुद नाफा ३२.१९ % ले बढ्यो

२०८० माघ ४, बिहीबार

काठमाडौं : कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा नाफामा वृद्धि भएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरणअनुसार चालु आवको पुस मसान्तसम्ममा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.१९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले १९ करोड ५९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद शुल्क, कमिसन र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो ।

बैंकको खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३२.२४ प्रतिशतले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा कामना सेवाको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।

पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.२८ प्रतिशत वृद्धि भई ५६ अर्ब २९ करोड ६४ लाख पुगेको छ । त्यस्तै कर्जा प्रवाह ०.३० प्रतिशत वृद्धि भई ४३ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खराब कर्जा पनि सुधार भएको छ । गत वर्षको दोस्रो त्रैमासमा ३.७० प्रतिशत रहेको यस्तो कर्जा यो वर्षको सोही अवधिमा भने ३.४२ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार