काठमाडौँ : आज काठमाडौँ उपत्यकामा मौसम बदली हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मध्याह्नपछि काठमाडौँ उपत्यकाको मौसम बदली हुने सम्भावना छ। भनेको आकाशमा बादल देखिनेछ।
तर पानी पर्ने सम्भावना न्यून रहेको उनले बताए। ‘काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना त छ, तर धेरै कम देखिन्छ’, उनले भने।





