धनगढी : दार्चुलामा शुक्रवार बिहान भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १७ पुगेको छ । महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ मा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
उनीहरु सबै परिचय खुलेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा सवार दार्चुलाको दुहुँ गाउँपालिका-५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका-४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका छन् । अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनामा घाइते हुनेहरु सबै दार्चुला, बैतडी र कञ्चनपुरका रहेका छन् ।
यी हुन् घाइतेहरुः
१) बैतडीको पाटन नगरपालिका-१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा
२) बैतडीको दशरथचन्द नगरपालिका-४ खलंगा बस्ने २४ वर्षीय प्रशान्त पौडेल
३) दुहुँ गाउँपालिका-५ बस्ने २३ वर्षीया कमला बम
४) कमला बमको ४ वर्षीय छोरा हिमान्सु बम
५) महाकाली नगरपालिका-५ बस्ने ६० वर्षीया पशुपति टमटा
६) अपिहिमाल गाउँपालिका-३ खण्डेश्वरी बस्ने १७ वर्षीय भरत धामी
७) महाकाली नगरपालिका-५ बस्ने १९ वर्षीया निरुता ओड
८) महाकाली नगरपालिका-१ बस्ने ३१ वर्षीय लालसिंह कार्की
९) बैतडीको मेलौली नगरपालिका-६ बस्ने २८ वर्षीय तारादत्त ओझा
१०) कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी बस्ने ३६ वर्षको महेश भट्ट(चालक)
११) मार्मा गाउँपालिका-६ बस्ने ४० वर्षीय नरेन्द्र धामी
१२) दुहुँ गाउँपालिका-३ बस्ने ३५ वर्षीय भरतसिंह कार्की
१३) शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २५ वर्षीय जनक ठगुन्ना
१४) शुक्लाफाँटा नगरपालिका-१० बस्ने २४ वर्षीय भुवन ठगुन्ना





