यो गठबन्धन केही दशकसम्मै टुट्दैन : सिटौला

२०८० माघ ५, शुक्रबार

ओखलढुंगा : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सत्ता गठबन्धनमा अझै केही दशक नटुट्ने दाबी गरेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनको उम्मेदवार रहेका सिटौलाले गठबन्धन लामो जाने बताएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष भेटेरै मत माग्ने क्रममा ओखलढुंगा आइपुगेका सिटौलाले जनताको लागि बनेको गठबन्धन २०८४ को निर्वाचनमा पनि कायमै रहने र यो केही दशक नटुट्ने बताए ।

सिटौलाले भने, ‘यो गठबन्धन नेताका लागि होइन जनताका लागि बनेको हो । केपी ओलीबाट संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको गठबन्धन अर्को चुनावमा पनि रहन्छ । यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु, हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ । सिटौला र चम्पा कार्की गठबन्धनका साझा उम्मेदवार छन् । उनीहरू प्रत्येक जिल्ला जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार