सार्वजनिक जग्गा मिचेर बनाइएका ४ घरमा महानगरको डोजर

२०८० माघ १२, शुक्रबार

काठमाडौं : सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका-१० बानेश्वर स्थित रत्नराज्यलक्ष्मी विद्यालय नजिक रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी बानेश्वर क्षेत्रका इन्चार्ज प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।‘सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ४ वटा घर भत्काउन भनेका थियौं । तर अटेर गरेपछि डोजर चलाएर हटाएका हौं,’ भने ।

महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार