भक्कानिए रुसी फौजमा बेपत्ता भएकाका आफन्त

२०८० माघ १९, शुक्रबार

काठमाडौं : रुसी फौजमा भर्नापछि बेपत्ता भएका नेपालीका आफन्त र परिवारले पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले खोजीका लागि सरकारसमक्ष याचनासमेत गरे । पत्रकारसँग आफ्ना पीडा पोख्दापोख्दै उनीहरूले गहभरी आँशु पारेका छन् । आफ्नो कुरा खुलेर राख्न नसकेपछि पत्रकार सम्मेलन छिटो सकियो ।

रुसी फौजबाट भागेर दुई महिनाअगाडि आएका खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली रुसी सेनामा रहेको र ४०० बढीले ज्यान गुमाएको सुनाए । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनको भनाइ छ । पत्रकार सम्मेलन कृतु भण्डारीको अगुवाइमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार