कस्तुरीको बिनासहित काठमाडौँबाट दुईजना पक्राउ

२०८० माघ १९, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् । उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको विना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त तौलको विना फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार