नेविसंघ नेता देउवाको निधन

२०८० माघ १९, शुक्रबार

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता हरिश देउवाको निधन भएको छ ।

आन्द्राको क्यान्सरबाट पीडित रहेका देउवाको शुक्रवार निधन भएको हो । एक वर्ष अघिदेखि नै उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउँदै आएका थिए । नेविसंघका नेता सुशान्त आचार्यले देउवाको शुक्रवार निधन भएको जानकारी दिए ।

देउवा नेविसंघको केन्द्रीय तदर्थ समितिका सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार