गर्भवती महिला प्रहरीका लागि छुट्टै पोसाककाे व्यवस्था

२०८० माघ २१, आईतवार

काठमाडौं : प्रहरी प्रधान कार्यालयले  गर्भवती महिला प्रहरीका  लागि छुट्टै पोसाकको व्यवस्था गरेको छ ।

देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो । पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार