घट्यो सुनचाँदीको मूल्य

२०८० माघ २२, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख १८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार