विराटनगरमा शंकास्पद वस्तु फेला, २ जना पक्राउ

२०८० फाल्गुन १, मंगलवार

विराटनगर : कोशी प्रदेशको विराटनगरमा शंकस्पद वस्तु फेला परेको छ। विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ।

खाल्डो खनेर प्रेसर कुकर राखिएको छ। घटना स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ। प्रहरीका अनुसार निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शङ्कास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ। पक्राउ परेकाहरु गोपाल किराती नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) का कार्यकर्ता रहेका बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार