कालोमोसो दल्लान् भनेर एक जोर लुगा साथमा बोकेर हिँड्छु : दुर्गा प्रसाईं

२०८० फाल्गुन २, बुधबार

काठमाडौं : मंगलबार काठमाडौंमा ‘नागरिक बचाउ अभियान’ को वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै दुर्गा प्रसाईंले भने कांग्रेसले देश सक्यो भनेर जनयुद्धमा लागेँ । प्रचण्डको पछि लाग्यो दुर्गा प्रसाई । गणतन्त्र आएपछि केही हुन्छ होला भनेर लागेको हो । ६५ सालमा राजा निस्किए । ६८ सालबाट मेडिकल कलेज बनाउन लागेँ । राज्यबाट एलओआई पाएँ । राज्यले तिमी मेडिकल कलेज बनाउ भनेर अनुमति दिएपछि त्यो लाइसेन्स राखेर भएभरको जग्गा-जमिन राखेर बैंकबाट लोन लिएर मैले मेडिकल कलेज बनाएँ । तर आजसम्म मैले विद्यार्थी पढाउन पाएको छैन । मभन्दा भिक्टिम कोही छैन यो राज्यबाट ।

केपी ओली र प्रचण्डलाई मिलायो भने एफिलियसन पाइन्छ होला भन्ने आशा भयो । त्यसपछि उनीहरुको घरमा धाउँदै, यिनीहरुलाई तेल लगाउँदै मार्सी चामलको भात पकाएर खुवाएँ । दुई कम्युनिष्ट एक भए देश बन्छ भन्ने थियो । जब यिनीहरु दुई एक भए, आफैं भ्रष्टाचारमा लागे । म अब कसैका पछाडि नलागि निर्भिक निडर भएर हिँडेको छु । दुर्गा प्रसाईं मर्छ तर झुक्दैन । मर्छ तर बिक्दैन । तपाईंहरुले यस्तो लिडर पाउनुभएको छ आज । मैले पीडितका लागि आवाज उठाउँदा युवा संघले कालोमोसो दल्यो । दलि हाल्यो ।

अहिले त एक जोर लुगा झोलामा बोकेर हिँड्छु । दल्यो भने खातखुत धोइहाल्यो, अर्को लुगा लगायो हिँडिहाल्यो । कुरा बुझ्नुभएन ? यहाँ कोही युवा संघले कालोमोसो ल्याएको भए दलिहाले हुन्छ । जति दल्छौ दल । तिमीहरुको नेताजस्तो भ्रष्टाचार मैले गरेको छैन । म सर्वहारा वर्ग र भूईंमान्छेको आवाज हुँ । धनी मान्छेको होइन । आन्दोलन तुहियो, दुर्गा प्रसाईं सकियो भन्छन् । गिरिजाको पालामा यति लामा लामा माइक बनाएर भाषण सुनाउनुपर्थ्याे । प्रचण्डको पालामा बन्दुक बोकेर हिँड्नुपर्थ्याे। मेरो पालामा त बन्दुक नै यहीँ अगाडि छन् ।

हेर्नुस त, बेलुका १० बजेपछि निद्रा लागेन भने मेरो फोटो हेर्छन् अरे । मेरो फोटो/भिडिओ कतिले हेर्छ भन्नुस् त ? आज सबै पार्टीले कार्यक्रम सारेछन्, अब पत्रकार सबै यता आउँछन् भनेर । यिनीहरुले हारे कि हारेनन् ? यिनीहरुले हारिसक्या छन् । राजा गएको ठाउँमा राजा आउ देश बचाउ भन्छन् । अहिले म गएको ठाउँमा दुर्गा आउ देश बचाउ भन्छन् । यो हो के ? म मकै बारीमा जन्मेको काईंलीको छोरो । पहिले अदालतमा मान्छे जान्थे । अहिले मेरा घरमा मान्छेको भिड छ । मेरी बुढीलाई हैरान छ भात पकाएर खुवाउँदैमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार