काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले नामीबियाविरुद्ध १३ रन जोड्दा महत्त्वपूर्ण ३ ब्याटरलाई गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् ।





