एसिसी वुमेन्स प्रिमियर कपको फाइनलमा पुग्न नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौं : एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपालले घरेलु टिम मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।

नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन्। डोली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन्।

बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन्। खेलमा जित निकाले नेपालले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ भने एसिया कपमा समेत छनोट हुनेछ। प्रिमियर कपका शीर्ष दुई टिम एसिया कपमा पुग्ने प्रावधान छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएईले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार