म्यानचेस्टर : च्याम्पिन्यस लिगको अन्तिम १६ अन्तरगतको खेलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि झिनो अग्रता बनाउन सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले १–० जीत हासिल गरेको हो ।
७९ औँ मिनेटमा सब्सिटच्युट मार्को अर्नाटोभिचले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि उनले गोलका थुप्रै अवसर गुमाएका थिए । गत सिजनको उपविजेता टोलीका लागि लाउटारो मार्टिनेजले गरेको दुईवटा प्रयास एट्लेटिकोका गोलकिपर जान ओब्लाकले विफल बनाएका थिए । अब दोस्रो लेग मार्च १३ मा एट्लेटिकोको घरेलु मैदानमा हुनेछ ।
मंगलबार नै भएको अर्को खेलमा पीएसभी इन्डहोभनले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई बराबरीमा रोकेको छ । डर्टमण्ड १–१ गोलले बराबरीमा रोकिएको हो ।
डोनयेल मालेनले डर्टमन्डलाई अग्रता दिलाएका थिए तर लुक डी योङले ५६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसभीलाई बराबरीमा ल्याए । प्रतियोगितामा उनको यो नवौँ गोल थियो । योसँगै उनी रुड भान निस्टलरोयको रेकर्ड उछिन्दै च्याम्पियन्स लिगमा टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । अब दोस्रो लेग मार्च १३ मा डर्टमण्डमा खेलिनेछ ।