चेल्सीलाई हराउँदै लिभरपुलाई काराबाओ कपको उपाधि

२०८० फाल्गुन १४, सोमबार

लण्डन : प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ कपको उपाधि हात पारेको छ । वेम्बले मैदानमा भएको खेलको अतिरिक्त समयमा भर्जिल भान डाइकको निर्णायक गोलमा लिभरपुल विजयी बनेको हो ।

घाइते रहेका मोहम्मद शालाह, डार्विन नुनेज र डिओगो जोटाजस्ता खेलाडीबिना मैदानमा उत्रेको लिभरपुलका लागि भान डाइकले खेलको अतिरिक्त समयको ११८ औँ मिनेटमा हेडरमार्फत गोल गरेका थिए । यसअघि उनको गोल अफसाइड भन्दै रद्द गरिएपछि निर्धारित समयको खेल गोलरहित बराबरीका टुङ्गिएको थियो ।

लिभरपुलले यो उपाधि १० औँ पटक हात पारेको हो । यो सिजन योर्गन क्लपको बिदाइअघि टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । यसमध्ये टोलीले आइतबार एउटा उपाधि जित्न सफल भएको छ । उता, चेल्सी र म्यानेजर माउरिसियो पोचेटिन्होका लागि पनि ठुलो धक्का लागेको छ । उनीहरूले वेम्बलेमा खेलिएका लगातार छैटौँ फाइनल खेल गुमाएका छन् । यसमध्ये तीनवटा लिभरपुलसँग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार