महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका डीएसपी २५ हजार धरौटीमा रिहा

२०८० फाल्गुन १४, सोमबार

काठमाडौं : रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रहरी वृत्त, स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दले बताइन् । उनका अनुसार, अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।

न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा ५ माघको राति ९ः२० बजेतिर केसीले शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार