नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

२०८० फाल्गुन १९, शनिबार

काठमाडौँ : नामिबियासम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो चाैथो खेलमा नेदरल्यान्ड्ससँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टर जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ।

नेपालले आजको खेलमा जित निकाले फाइनल पुग्ने सम्भावना बलियो पार्नेछ।

आजको खेलमा जित वा हारको नतिजामा भने भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नतिजामा भर पर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार