महिला च्याम्पियनसिपमा आज बंगालदेश भिड्दै नेपाल

२०८० फाल्गुन १९, शनिबार

काठमाडौँ : साफ यू–१६ महिला च्याम्पियनसिपमा आज शनिबार नेपाल र बंगालदेश भिड्दैछन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल बंगलादेशलाई हराउँदै च्याम्पियनसिपमा फाइनल सम्भावना बलियो बनाउन चाहान्छ। उता बंगलादेश पनि नेपाललाई रोक्दै सुखद सुरुवात गर्न चाहान्छ।

 

च्याम्पियनसिपको पहिलो खेलमा भारतले भुटानलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

यसअघि च्यासल मैदानमा खेल हुने भनिएपनि एएफसीका प्रतिनिधिले मैदान खेल्न अयोग्य भएको रिपोर्ट दिएपछि खेल एन्फा कम्प्लेक्स मैदानमा सारिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार