
काठमाडौं : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। बैठक सोमबार बिहान ७ बजेदेखि बसेको हो। बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष, मन्त्रिपरिषद् हेरफेर तथा इलामको उपनिर्वाचन लगायतका विषयमा सत्ता गठबन्धन भित्र छलफल चलिरहेका बेला एमाले सचिवालय बैठक बसेको हो। एमालेको बैठकमा पनि यिनै विषय लगायत अन्य विभिन्न समसामयिक राजनीतक विषयमा छलफल चलिरहेको बताइएको छ।