माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भयो : शेखर कोइराला

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु समान्य नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुलाई आफुले सामान्यरुपमा नलिएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रलाई संकेत गर्दै सत्तासँग गठबन्धन गर्नु कांग्रेसलाई महंगो सावित भएको उल्लेख गरेका छन् ।

‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो’ कोइरालाले लेखेका छन् ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार