प्रधानमन्त्रीले माथि कांग्रेस हटाउनुभयो, यहाँ मैले माओवादी हटाइदिएँ : मुख्यमन्त्री पाण्डे

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। माओवादीबाट गण्डकी सरकारमा दुई जना मन्त्री थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्री पदबाट हटाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँग गठबन्धन तोड्दै नेकपा (एमाले) र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए। नयाँ गठबन्धनले संघीय र प्रदेश सरकारहरूमा पनि आलोपालो सरकार चलाउने सहमति गरेको थियो।

संघमा प्रधानमन्त्री दाहालले गठबन्धन तोडेकोले त्यसको असर प्रदेशमा पनि देखिएको छ। मुख्यमन्त्री पाण्डेले आफूले माओवादीका दुई मन्त्रीलाई हटाएको हाम्रोदेश लाई बताए। ‘प्रचण्डजीले माथि कांग्रेस हटाउनुभयो,यहाँ मैले माओवादी हटाइदिएँ,’ उनले भने, ‘बाँकी कुरा पछि हुँदै जान्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार