नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

२०८० फाल्गुन २२, मंगलवार

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजको नेदरल्यान्ड्ससँगको फाइनल खेलमा नेपालले १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो। आक्रामक सुरुवात गरे पनि अन्तिमतिर लगातार विकेट गुमाउँदा २०० रन पार गर्न सकेन।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए। यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे। करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६/६ रन जोडे। दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए। नेदरल्यान्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २/२ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार