बादशाहका रुपमा चिनिएका रुपर्ट ९२ वर्षको उमेरमा पाँचौँ विवाह गर्दै

२०८० फाल्गुन २५, शुक्रबार

काठमाडौँ : मिडिया क्षेत्रका बादशाहका रुपमा चिनिएका रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा कामबाट अवकाश लिने समय आएको महसुस गरे। र, उनले आफ्नो साम्राज्य उत्तराधिकारीहरुलाई बुझाए। तर, यो उमेर विवाह र नयाँ प्रेमका लागि भने बन्द बन्देज नहुने भएको छ।

उनले आफ्नी नयाँ प्रेमिका एलेजना जुकोवासँग विवाह गर्ने योजना बनाएको मर्डोकको कार्यालयले जनाएको छ। जुकोवा ६७ वर्षीया अवकाशप्राप्त मलिक्युलर बायोलोजिस्ट हुन्। जोसँग मर्डोकले गत बर्खादेखि डेटिङ गरिरहेका थिए।

उनीहरुको विवाह जुन महिनामा गर्ने तय भएको छ। यो मर्डोकको पाँचौँ विवाह हुनेछ।

२०२२ मा जेरी हलसँग सम्बन्धविच्छेदपछि उनले एन लेस्ली स्मिथसँग ‘इन्गेजमेन्ट’ गरेका थिए। हल मिक ज्यागरकी पूर्वपत्नी हुन्।

तर, दुई सातामै स्मिथसँग उनको इन्गेजमेन्ट तोडिएको थियो।

जुकोवालाई उनले अगस्टमा आफ्नी तेस्री पत्नी वेन्डी देङको माध्यमबाट भेटेका थिए। उनी युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसमा डायबिटिजबारे अध्ययरत थिइन्।

सोभियत संघका अन्तिम दिनहरुमा उनी रुसबाट अमेरिका सरेकी हुन्। उनका पूर्वपति अलेक्जेन्ड जुकोव त्यसपति अर्बपति बने। जो अहिले बेलायती नागरिकका रुपमा लन्डनमा बस्छन्।

जुकोवाकी छोरी दासा जुकोवा चर्चित उद्यमी हुन्। जो २०१७ सम्म रुसी अर्बपति रोमन अब्रामोविचसँग विवाहित थिइन्।

मर्डोकले विवाहको निम्ता पठाइसकेको बताइएको छ। गत वर्ष उनले कम्पनीबाट विश्राम लिने घोषणा गरेका थिए। उनले छोरालाई कम्पनीको प्रमुख भूमिका जिम्मा लगाएका छन्। एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार