यामालको गोलमा बार्सा दोस्रो स्थानमा

२०८० फाल्गुन २६, शनिबार

क्याम्प नाउ : मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।

टोलीको जीतमा युवा विंगर लामिन यामालले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले ७३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यसअघि पहिलो हाफमा इल्के गुन्डोगानले पेनाल्टीबाट टोलीलाई अग्रता दिलाउन अवसरबाट चुकेका थिए । दोस्रो हाफमा १६ वर्षीय यामालको प्रहार पोस्टमा लागेको थियो ।

जीतपछि बार्साले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अंकमा झारेको छ । २८ खेलबाट टोलीको ६१ अङ्क रहेको छ । एक खेल कम खेलेको रियल ६६ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा ५९ अंकसहित जिरोना छ । जिरोनाले पनि बार्साभन्दा एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार