टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आकाशको डेब्यु

२०८० फाल्गुन २६, शनिबार

काठमाडौं : हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० आई खेलमा नेपालका आकाश चन्दले डेब्यु गरेका छन् । तीव्र गतिका बलर चन्दले टी-२० आई क्रिकेटमा डेब्यु गरेका हुन् ।

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।

उनलाई तीव्र गतिका बलर करण केसीले डेब्यु क्याप दिएका छन् । आकाशले अघिल्लो महिना क्यानडासँग भएको ओडीआई खेलमा नेपालको लागि डेब्यु गरेका थिए ।

नेपाली टीम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, विनोद भण्डारी, गुलशन झा, राशिद खान, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल, प्रतिश जिसी र आकाश चन्द ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार