सुदूरपश्चिम सरकारलाई हाम्रो समर्थन यथावत् छ : रेशम चौधरी

२०८० फाल्गुन २६, शनिबार

बुटवल : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक समेत रहेका नेता रेशम चौधरीले सुदूरशपश्चिम प्रदेश सरकारमा पार्टीको समर्थन यथावत् रहेको बताएका छन्। शनिबार बुटवलमा पत्रकारहरूसँग कुराका गर्दै नेता चौधरीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने दाबी गरे।

साथै, चौधरीले प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न समेत निर्देशन दिएका छन्। लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताएका चौधरीले सरकारमा थप एकजनालाई राज्यमन्त्री पठाउने विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग छलफल गर्ने सञ्चारकर्मीसँग बताए।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार राति मन्त्रिमण्डल विस्तार गर्दा नाउपा संसदीय दलका नेता घनश्याम चौधरी अन्य दुई सांसदका साथ मन्त्री बनाएका थिए। नाउपाका घनश्यामलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार