राप्रपा सत्ता गठबन्धनको विपक्षमा बस्ने

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । २६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‍

‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्त्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२१ फागुनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनका नेताहरुका अनुसार यो गठबन्धनमा राप्रपालाई सहभागी नगराउने सहमति भएको छ । तर केही प्रदेशमा गठबन्धनको सरकार निर्माणका लागि राप्रपा निर्णायक छ । तर राप्राले केन्द्र र प्रदेश सबैतिर गठबन्धनको विपक्षमा रहने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार