चर्को आवाजमा डिजे बजाएको आरोपमा मियाँ पक्राउ

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : चर्को आवाजमा डिजे बजाएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९, रामपुरका ३० वर्षीय मनौवर मियाँ रहेको डीएसपी दधिराम न्यौपानेले बताए । सोमबार अपराह्न ३ बजेतिर कलैया बजारमा चर्को आवाजमा डीजे बनाएर ध्वनि प्रदूषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका मियाँ नेपाल सुनिल ब्याण्ड कलैयासँग आवद्ध छन् ।

उनीविरुद्ध के कसूरमा मुद्दा चल्छ वा रातिसम्ममा छाडिन्छन् भन्नेबारे प्रहरीले केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार