गठबन्धन टुटेर कांग्रेस एकढिक्का हुने अवसर प्राप्त भयाे : शंशाक कोइराला

२०८० फाल्गुन २९, मंगलवार

नवलपुर : नेपाली कांग्रेसका पूर्व महामन्त्री डा‍. शंशाक कोइरालाले गठबन्धन टुटेर सिंगो कांग्रेस एकढिक्का हुने अवसर प्राप्त भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउने र पार्टीलाई एकढिक्का बााउने अवसर प्राप्त भएको बताए । उनले भने–‘राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन । कांग्रेसले अब पार्टी सङ्गठन बनाउछ । पार्टीभित्रका सवै साथीहरूलाई एकढिक्का बनाउछ ।’

उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउदै बेइमानीको राजनीति धेरै समय नटिक्ने बताए । उनले भने–‘केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार