मैले पाएको भूमिका प्रधानमन्त्रीसँग नजोड्नु : अध्यक्ष दाहाल

२०८० फाल्गुन ३०, बुधबार

काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत रुपमा नरहेको बताएका छन्।

बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘मैले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन। मैले प्राप्त गरेको भूमिकामा पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको छ। हाम्रो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा भएको छैन।’ उनले भने।

प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको उनको भनाइ थियो। उनले अध्यक्षमा मनोनयन भएपछि नै आफूले आफ्नो दलीय आबद्धता र संलग्नता त्याग गरेको सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार