नेपाल जुन चिजमा धनी छ, त्यसकै उत्पादन महङ्गो छ : प्रभु साह

२०८० चैत्र १, बिहीबार

काठमाडौं : आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाल जुन चिजमा धनी छ त्यसकै उत्पादन महंगो रहेको बताएका छन् । ‘हामी जुन चिजमा धनी छौं, यहाँ त्यसकै उत्पादन महङ्गो छ’ उदाहरण दिँदै सांसद साह भन्छन्, ‘नेपालमा उखु जति पनि छ तर, यहाँ चिनी महङ्गो छ ।’

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘जुन देशमा उखु छैन त्यही देशमा चिनी सस्तो हुने, जहाँ उखुको भण्डार छ त्यो देशमा चिनीको हाहाकार हुने ? महङ्गो हुने ?’

नेपाल जंगलै जंगलको देश भएको तर, विदेशी काठ अयात गर्नुपर्ने वा आउने अवस्था रहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताए । उनी थप्छन्, ‘…सरकार के को लागि ? राज्य के को लागि भन्ने प्रश्न छ ।’

देशलाई अगाडि बढाउन नसक्ने नेतृत्वलाई कुर्सी ओगटेर बस्ने छुट नरहेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार